नियम ४५
बढुवा सम्बन्धी कागजात धुल्याउने सम्बन्धी व्यवस्था
: बढुवा सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भएको तीन वर्षपछि बढुवा सिफारिसको निर्णय बाहेकका अन्य बढुवा सम्बन्धी कागजातहरू धुल्याउन सकिनेछ ।
तर कुनै बढुवाको सम्बन्धमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा त्यस्तो बढुवा सम्बन्धी कागजातहरु मुद्दाको अन्तिम टु∙ो नलागेसम्म धुल्याइने छैन ।